शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

  • बिहिबार, भदौ १९, २०८२
अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

अछाम—अछाममा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।बिहीबार तुर्माखाँद गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने बाँकी रहेको बताए । घटनाबारे जानकारी पाउनसाथ प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ गइसकेको प्रजिअ सारुले जानकारी दिए ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार वडा नम्बर ६ का दुई किशोरी घरदेखि झन्डै ५/७ सय मिटरको दूरीमा रहेको वनकझ रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनले भने, ‘दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन थिए । घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।’

अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १५ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन् । १६ वर्षकी किशोरी विवाहित हुन् । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् । उनी पनि एक महिना अघि मात्रै घर फर्किएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार