
काठमाडौँ— रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफू डिप फेकको सिकार भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका उनले आफ्नो एआईबाट आफ्नोजस्तै आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली भिडियो पोस्ट भएको बताएका हुन् ।
वाग्लेले सो कार्यको विरुद्धमा बुधवार प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । उजुरी दिन उनी भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा उपस्थित हुन लागेको सो पार्टीले जनाएको छ ।
केहीअघि वाग्लेको आवाजसहितको नेपाल भारत-सीमा विवादसम्बन्धी फेक भिडियोमा बाहिरिएको थियो ।
