शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको शान्ति सुरक्षा र विकासमा निरन्तर लाग्छु – प्रजिअ पौडेल

बाजुराको शान्ति सुरक्षा र विकासमा निरन्तर लाग्छु – प्रजिअ पौडेल

  • मङ्लबार, भदौ १७, २०८२
बाजुराको शान्ति सुरक्षा र विकासमा निरन्तर लाग्छु – प्रजिअ पौडेल

बाजुरा– बाजुरामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले बाजुरामा शान्ति सुरक्षा कायम गर्न पछि नहट्ने बताएका छन् । मंगलबार आयोजना गरिएको राजनीतिक दल र पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममामा प्रजिअ पौडेलले यस्तो बताएका हुन ।

प्रजिअ पौडेलले जिल्लाबासीले भोग्नु परेका समस्या र दुःख पीडा समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरुबिच भएको परिचयात्मक कार्यक्रममा प्रजिअ पौडेलले बाजुरामा विभिन्न समस्या छन् ति समस्यालाई समाधानका लागि आफूले गर्न सक्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

परिचयात्मक कार्यक्रममा उपस्थित पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरुले प्रजिअ पौडेललाई स्वागत गर्दै बाजुराको शान्ति सुरक्षा, जिल्लाको वस्तु स्थितिसंगै बर्षाले बन्द भएका ग्रामिण सडक सञ्चालनका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् । त्यस्तै दशै लगायतका चार्ड पर्व नजिकिएकाले यस समयमा हुने कालो बजारी र महङगी कम गर्न बजार अनुगमन, पाण्डुसैन लगाएतका ठाउँमा फलेको स्याउको ढुवानी गरी बजारसम्म पुर्याउन सहभागी राजनीतिक दलका नेता तथा पत्रकारहरुले पहल गर्न अनुरोध गरेका छन् । त्यसै गरी बजार क्षेत्रमा हुुने चोरी डकैती, लागु औषध ओसार पसार लगायतका सामाजिक अपराधका कार्यहरु कम गर्ने सुरक्षा व्यवस्थामा कडाई गनुपर्ने प्रजिअ पौडेलसंग अनुरोध गरेका छन् ।

प्रजिअ पौडेलले बाजुरामा रहँदासम्म आफुले गर्न सक्ने आवश्यक पहल र सम्बन्धित निकायलाई समस्या समाधानका लागि जिम्मेवार बनाउनका लागि विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै प्राप्त सुझावलाई ग्रहण गर्दै समाधानमा निरन्तर लागिरहने बताएका छन् ।

परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी सितल बहादुर रावल, नेपाली काग्रेसका उपसभापती पदम बहादुर बडुवाल, नेकपा एमाले जिल्ला कमिटि सदस्य जंग बिक, नेकपा माओवादी केन्द्र बाजुराका संयोजक देबिचन्द बुढा, एकिकृत समाजवादी पार्टी जिल्ला अध्यक्ष पुर बहादुर रावत, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहं लगायत विभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार