शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • मनाङमा पनि कात्तिक १७ गते नै उपचुनाव गर्ने निर्णय

मनाङमा पनि कात्तिक १७ गते नै उपचुनाव गर्ने निर्णय

  • शुक्रबार, भदौ १३, २०८२
मनाङमा पनि कात्तिक १७ गते नै उपचुनाव गर्ने निर्णय

काठमाडौं —मनाङ प्रतिनिधि सभा १ को प्रदेशसभा २ मा कात्तिक १७ मै उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको शुक्रबारको बैठकले उपचुनावको मिति निर्धारण प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव पनि यही मितिमा हुँदैछ ।

यहाँ ७९ मा राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्चको आदेशसँगै उनी उम्मेदवार बन्न अयोग्य ठहरिएका छन् ।

संवैधानिक इजलासले उनको पद २०८१ कात्तिक २० गतेदेखि रिक्त भएको ठहर गरेको थियो ।

साथै, आयोगले यस उपनिर्वाचनका लागि भदौ २५ मा अद्यावधिक भई प्रकाशित अन्तिम मतदाता नामावली प्रयोग गर्ने निर्णय समेत गरेको छ । यसमा मतदाता बन्नको लागि २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष पुग्नुपर्नेछ ।

निर्वाचन आयोगले उपउपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिबद्धता जनाउँदै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य र सहयोगको अपील गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार