शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

  • आइतवार, भदौ ८, २०८२
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले आइतवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ।  तराईंमा बसोवास रहेको थारू समुदायको अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोवास गर्ने थारू समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गरेका छन्।

पर्वको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राजपत्रमा उल्लेख गरेको छ। यसअघि, प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा साउन २५ गते बिदाको निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको थियो। तर, थारू समुदायको अट्वारी भदौ ८ गते परेकाले बिदाको मिति संशोधन गरिएको थियो।

अट्वारी पर्वको अवसर पारेर थारू बहुल कैलारी गाउँपालिका लगायतका पालिकाले दुई दिन स्थानीय बिदा दिएका छन्। अट्वारी पर्व दुई दिन मनाउने गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार