शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • सत्ता गठबन्धनले उपसभामुखलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने

सत्ता गठबन्धनले उपसभामुखलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने

  • मङ्लबार, भदौ ३, २०८२
सत्ता गठबन्धनले उपसभामुखलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने

काठमाडौं —सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव तत्काल अघि नबढाउने भएका छन्। सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछिमात्रै प्रक्रिया बढाउने निष्कर्ष निकालेका हुन्। बैठकपछि नेताहरूले उपसभामुख राना देश बाहिर रहेकाले स्वदेश फर्किएपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको जनाएका छन्।

हालः अमेरिका भ्रमणमा रहेका उपसभामुख भदौ १३ गतेपछि मात्रै स्वदेश फर्कने बुझिएको छ। बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने विषयमा छलफल नै नभएको बताए।

सत्तारुढ दलकाबीच संसदीय मामिलालाई प्रभावकारी बनाउने, महत्त्वपूर्ण विधेयकलाई अघि बढाउने र संसदमा देखिएको गतिरोधका विषयमा साझा धारणा बनाउने प्रयास गरिएको उनले बताए। त्यस्तै उनले भूमिसम्बन्धी विधेयकमा सत्तारुढ दलबीच समान धारणा बनाएर सदनबाट पारित गर्न छलफल भएको जिकिर गरे।

बर्तौलले उपसभामुखका विषयमा उठेका प्रश्नहरूलाई निष्कर्षका पुर्‍याउनका लागि खुला ढंगले छलफल गर्ने बताए। उपयुक्त समयमा यसका विषयमा आवश्यक निर्णय लिने भन्दै उनले उपसभामुख देश बाहिर रहेका बेला उनकाविरुद्ध टिप्पणी गर्नु उचित नहुने बताए।

त्यस्तै जनता समाजवादी पार्टीका नेता वीरेन्द्र महतोले उपसभामुख नेपालमा नरहेकाले स्वदेश फर्किपछि यसबारे छलफल गरेर आवश्यक निर्णय लिइने बताए। सत्ता गठबन्धको बैठकमा समयमा नै विधेयक पारित गर्न संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगायतका विषयमा छलफल भएको उनले बताए। बैठकमा कांग्रेस एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमतलगायत दलका नेताहरू सहभागी भएका थिए।

चर्चामा

सम्बन्धित समाचार