आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • नेपाल विद्युत प्राधिकरण र दैनिक ज्यालादारी कर्मचारीबीच, माग कार्यान्वयन गर्ने सहमती

नेपाल विद्युत प्राधिकरण र दैनिक ज्यालादारी कर्मचारीबीच, माग कार्यान्वयन गर्ने सहमती

  • शनिबार, साउन ३२, २०८२
नेपाल विद्युत प्राधिकरण र दैनिक ज्यालादारी कर्मचारीबीच, माग कार्यान्वयन गर्ने सहमती

बाजुरा– नेपाल विद्युत प्राधिकरण अन्तरगत दैनिक ज्यालादारी कर्मचारी संघर्ष समिति आन्दोललित भएको छ । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी संघर्ष समितिले बिभिन्न मागहरु राख्दै धर्ना तथा आन्दोलनका कार्यक्रम तय गरेको हो । बिभिन्न समयमा नेपाल विद्युत प्राधिकरणका बीच वार्ता भई कर्मचारीका माग सम्बोधन गर्ने सहमति भएको भएको भए पनि कार्यन्वयन नभएको भन्दै देशभरका कर्मचारी आन्दोलनमा उत्रिएका हुन । शुक्रबार सम्पन्न १००८औं सञ्चालक समितिको बैठकले माग कार्यान्वयनका लागि ठोस निर्णय गरेको जनाएको छ ।

बैठकमा संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादव, उपाध्यक्ष सरिता दाहाल, महासचिव राजु पोखरेल लगायत र प्राधिकरणतर्फका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, उपकार्यकारी निर्देशक तुलाराम गिरी, निर्देशक बलराम सिलवाल, सह–निर्देशक डोलानाथ कडेल, लगायतको उपस्थितीमा सहमती भई माग सम्बोधन गर्ने निर्णय समेत गरिएको जनाएको छ ।
बैठकले ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा रुपान्तरण गर्ने, बीमा सुविधामा समेट्ने र श्रम ऐन, २०७४ अनुसार सामाजिक सुरक्षाको दायरामा ल्याउने निर्णय गरेको छ । यस्तै, कार्यस्थलमा हुने दुर्घटनामा बीमा सुविधा उपलब्ध गराउने, स्थायी तथा करार कर्मचारी सरह सुविधा दिने तथा आवश्यक कानूनी प्रक्रिया अघि बढाउने पनि निर्णय भएको छ।
संघर्ष समितिले अघि सारेका मागहरूमध्ये सेवा सुविधा, बीमा, सामाजिक सुरक्षा, मासिक ज्याला लगायतका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने सहमति दुवै पक्षबीच सहमती भएको छ ।
बैठकमा प्रस्तुत कार्यतालिका अनुसार ७ दिनभित्र प्रतिवेदन पेस गर्ने र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी माग कार्यान्वयन अघि बढाइने उल्लेख छ ।
No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार