
वर्षाका कारण पहिरो खसेपछी बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको मोतीचौर (मुस्याखान) नजिकै पहिरो जाँदा बाटो अबरुद्ध भएको हो।
गएरातिदेखि पहिरो जादा बझाङ भित्रने र बाहिरिने सवारी साधन तथा यात्रुहरु अलपत्र परेका छन्। अबरुद्ध बाटो जेसिबीले खोल्ने काम भईरहेको टाफिक प्रहरी कार्यालय अत्तरियाले जनाएका्े छ।
यस्तै डडेल्धुरामा पनि बाटो अबरुद्ध भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका ७ मा रुख ढलेर बाटो अबरुद्ध भएको प्रहरीले जनाएको छ। सो स्थानमा पनि बाटो खोल्ने काम भईरहेको प्रहरीले जनाएको छ।
