शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • धनगढीबाट सरकारी टोली सहित बडीमालिका प्रस्थान

धनगढीबाट सरकारी टोली सहित बडीमालिका प्रस्थान

  • आइतवार, साउन १९, २०८२
धनगढीबाट सरकारी  टोली सहित बडीमालिका प्रस्थान

धनगढी– कैलालीको धनगढी उप‐महानगरपालिकाको सरकारी टोली बडीमालिकाको प्रस्थान गरेको छ। धनगढी उपमहानगरपालिकाका नगर उप–प्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती लगाएतको टोली बडीमालिका प्रस्थान गरेको हो।

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बाजुरा स्थित बडीमालिका माईको मन्दिरमा श्रावण २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलाको अवसरमा धनगढी उप‐महानगरपालिकाको सरकारी पूजा टोली प्रस्थान गरेको हो।

नगर उप–प्रमुख रानाले ४५ जनाको समूहमा टोली बडीमालिकाका लागि प्रस्थान गरेको बताएकी छन्। धनगढी उपमहानगरपालिकाको टोलीले वनदेवी मन्दिरमा पूजासहित विधि पूर्वक यात्रा सुरु गरेको हो।

चर्चामा

सम्बन्धित समाचार