शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाल हेवी ईक्युपमेन्ट अपरेटर संघ बाजुराकाे प्रथम भेला सम्पन्न

नेपाल हेवी ईक्युपमेन्ट अपरेटर संघ बाजुराकाे प्रथम भेला सम्पन्न

  • बिहिबार, साउन १६, २०८२
नेपाल हेवी ईक्युपमेन्ट अपरेटर संघ बाजुराकाे प्रथम भेला सम्पन्न

बाजुरा– नेपाल हेवी ईक्युपमेन्ट अपरेटर संघ बाजुराकाे प्रथम भेला सम्पन्न भएकाे छ । सदरमुकाम मार्तडी स्थित हिलटप हाेेटलकाे हलमा भेलाकाे आयाेजना गरि सम्पन्न भएकाे हाे ।

भेलाले ७ सदस्यिय समिति समेत गठन गरेकाे नेपाल हेवी ईक्युपमेन्ट अपरेटर संघ बाजुराले जनाएकाे छ । जसमा हिमाल खड्का अध्यक्षमा सर्बसम्बत भएका छन । त्यसै गरि उपाध्यक्षमा ज्ञान धामी, सचिव राम बहादुर बुढा,सहसचिव अर्जुन बिष्ट, काेषाअध्यक्षमा बल धामी र सदस्यहरूमा अशाेक राेकाया र लक्षी धामी रहेका छन ।

समितिले आगामी गतिविधिहरू व्यवस्थित रूपमा अघि बढाउने तयारी गरिरहेको छ र अभिलाषित रूपमा अपरेटरहरूको उद्धार, सुरक्षा, पारिश्रमिक सुनिश्चितता लगायतका पहलहरू अघि बढाउने जनाएको छ।

नेपाल हेभी इक्विपमेन्ट अपरेटर संघ बाजुराले सशक्तिकरणको बाटो सिर्जना गर्ने उद्देश्यका साथ बाजुरामा गठन गरिएकाे जनाएकाे छ ।   समितिले सदस्य अपरेटरहरूको सम्मान र सुरक्षा सुनिश्चित गर्न प्रतिवद्धता जनाएको छ। भवि दिनहरूमा तालिम, क्षमता विकास कार्यक्रम, तथा स्थानीय सरकारसँग साझेदारीमार्फत सुरक्षा मापदण्ड बनाउने पहल गरिने योजना रहेको अध्यक्ष खड्काले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार