शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • मैले कुनै भेला बाेलाएकाे छैन, म अध्यक्षमा कायमै छु– रञ्जिता श्रेष्ठ

मैले कुनै भेला बाेलाएकाे छैन, म अध्यक्षमा कायमै छु– रञ्जिता श्रेष्ठ

  • बिहिबार, साउन १६, २०८२
मैले कुनै भेला बाेलाएकाे छैन, म अध्यक्षमा कायमै छु– रञ्जिता श्रेष्ठ

काठमाडौं— नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन्।

बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भई निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन्।

पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक आह्वान नगरेको उनले बताइन्। अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको उनको भनाइ छ।

श्रेष्ठले आफू निरन्तर काममा हिँडिरहेको भन्दै पार्टीको विवादका बारेमा केही थाहा नभएको र कुनै भेला नबोलाएको समेत जिकिर गरिन्।

चर्चामा

सम्बन्धित समाचार