शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय युवा संघ बाजुराद्धारा साउन १५ बिषेश कार्यक्रमकाे आयाेजना

राष्ट्रिय युवा संघ बाजुराद्धारा साउन १५ बिषेश कार्यक्रमकाे आयाेजना

  • बिहिबार, साउन १६, २०८२
राष्ट्रिय युवा संघ बाजुराद्धारा साउन १५ बिषेश कार्यक्रमकाे आयाेजना

बाजुरा– राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले साउन १५ अर्थात खिर खाने दिनको अवसरमा बिभिध कार्यक्रमको आयोजना गरेको छ । जिल्ला सदरमुकाम मार्तडीमा एक औपचारीक कार्यक्रमका बिच कार्यक्रमको आयोजना गरेको हो ।
नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापाको आयोजनामा साउन १५ को शुभकामना आदान प्रधानसंगै धार्मिक आस्थाको सम्मान, सांस्कृतिक परम्पराको जगेर्ना, आपसी भाइचारा तथा संगठनात्मक एकतालाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले जनाएको छ ।
सोही अवसरमा खिर खाने कार्यक्रमको आयोजना समेत गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका संयोजक बिष्न बहादुर कार्कीले बताएका छन । कार्यक्रममा बिषिष्ठ अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी, नेकपा एमाले सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य गगन रावल, नेकपा एमाले बाजुराका अध्यक्ष लाल बहादुर ओली रहेका थिए ।
त्यसै गरि सो कार्यक्रममा नेकपा एमाले बाजुराका सचिव काशी बिक, संगठन बिभाग प्रमुख अमर खड्का, बडीमालिका नगरपालिका उप प्रमुख नन्दा थापा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य एवं बाजुरा जिल्ला ईन्चाज दिनेश शाही लगायत बिभिन्न संगठनका सदस्यहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार