शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एक बर्षमा ६ सय बढीले लिए राहदानी

बाजुरामा एक बर्षमा ६ सय बढीले लिए राहदानी

  • मङ्लबार, साउन १४, २०८२
बाजुरामा एक बर्षमा ६ सय बढीले लिए राहदानी

बाजुरा– बाजुरामा एक बर्षमा ६ सय बढीले राहदानी लिएका छन् । गत आर्थिक बर्ष ०८१।८२ मा जिल्लाबाट ६ सय १७ जनाले राहदानी लिएका हुन् । त्यस्तै गत आर्थिक बर्षमै नयाँ र प्रतिलिपि गरी ४ हजार ६ सय ६३ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार पत्रकार भेटघाट कार्यक्रममार्फत एक बर्षमा गरेका गतिविधि सार्वजनिक गरेको छ ।
त्यसैगरी, प्रशासनबाट गत आवमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन ६ हजार ४ सय ४५ र २ हजार ३ सय ४६ जनालाई परिचयपत्रको कार्ड वितरण गरिएको जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले गत आर्थिक बर्षमा विभिन्न कारणले बर्षौसम्म पनि नागरिकता नभएका कम्तिमा ५० जना बढीलाई नागरिकता प्रदान गरिएको बताए । उनले जिल्लामा राहदानी लिनेको संख्या केही कम रहेको र सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै अहिले प्रशासनमा सेवाग्राहीहरुको भीड लाग्ने गरेको बताए । परिचयपत्रका लागि बायोमेट्रिक संकलन मेसिन एउटा मात्रै हुँदा पुर्वीउत्तरी भेगका नागरिकलाई बर्षातमा समस्या भइरहेको भन्दै थप अर्को स्टेशनको माग गरिएको बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी पाध्याले गत बर्षमा सनसुनज्य विपद् र भूकम्पबाट प्रभावितलाई बाँकी किस्ता रकम वितरण, विभिन्न सचेतनामूलक, सबैको साथ सपोटमा मार्तडी कोल्टी बस सेवा सञ्चालन, विकास निर्माण र आयोजनाको अवस्थाबारे छलफल र ताकेता लागयतका गतिविधि गरिएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सहायक प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावल, सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह, जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार