शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • नाउपाको कार्यबाहक अध्यक्षमा बास्तोला, स्वास्थ्यको कारण देखाउँदै रञ्जिता अलग

नाउपाको कार्यबाहक अध्यक्षमा बास्तोला, स्वास्थ्यको कारण देखाउँदै रञ्जिता अलग

  • आइतवार, साउन १२, २०८२
नाउपाको कार्यबाहक अध्यक्षमा बास्तोला, स्वास्थ्यको कारण देखाउँदै रञ्जिता अलग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् ।

शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए ।

पार्टी अध्यक्ष श्रेष्ठले पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।

उनले आफू अस्वस्थ रहेको भन्दै बास्तोलाई कार्यबाहकको जिम्मेवारी दिएको बताएकी छिन् ।

‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ उनले कार्यबाहक तोकिएको पत्रमा लेखेकी छिन् ।

हेर्नुहोस् पत्र :

चर्चामा

सम्बन्धित समाचार