शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउने

प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउने

  • आइतवार, साउन १२, २०८२
प्रधानमन्त्री ओली साउन १३ गते कैलाली आउने
फाइल तस्विर ।

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली यहीँ साउन १३ गते कैलाली आउने भएका छन् । सरकारी कार्यक्रम अनुसार नै ओली साउन १३ गते कैलाली आउन लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्दले बताए ।

कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्न ओली कैलाली आउन लागेका हुन् ।

बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्घाटन गर्ने छन् ।

चर्चामा

सम्बन्धित समाचार