शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • रुपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २१ गते मनोनयन दर्ता

रुपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २१ गते मनोनयन दर्ता

  • आइतवार, साउन ५, २०८२
रुपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २१ गते मनोनयन दर्ता

काठमाडौं —निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै आयोगले कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।

स्वीकृत कार्यक्रम अनुसार असोज २१ गते बिहान १० देखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। यस्तै सोही दिन बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो ३ देखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय हुने आयोगले जनाएको छ। यस्तै असोज २३ गते बेलुका ५ देखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता अर्यालले जानकारी दिइन्।

आयोगका असोज २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ। यस्तै सोही दिन दिउँसो १ देखि ५ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।

आयोगका अनुसार निर्वाचन कार्यक्रम कात्तिक १७ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।
प्रवक्ता अर्यालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

चर्चामा

सम्बन्धित समाचार