शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • कर्ण थापाको टिप्पणी–आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर सङ्घर्षलाई सघन बनाऔँ

कर्ण थापाको टिप्पणी–आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर सङ्घर्षलाई सघन बनाऔँ

  • शुक्रबार, साउन ३, २०८२
कर्ण थापाको टिप्पणी–आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर सङ्घर्षलाई सघन बनाऔँ

काठमाडौँ —नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पार्टी नेतृत्व र सञ्चालनसम्बन्धी स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पुरा गर्न तोड्नेबारे गम्भीर बहस सुरु भएको बताएका छन् ।

बिहीबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित भएपछि थापाले अनुमोदन भएको दस्ताबेज अगाडि राखेर बहस गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धी स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरुवात भएको छ, एमालेको सचिवालयको बैठकमा । कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्ताबेज अगाडि राखेर बहस गरौँ । आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर सङ्घर्षलाई सघन बनाऊ । मर्यादा र शिष्टताका सीमालाई सबैले पालना गरौँ ।

पार्टीको बिहीवार मध्यरातसम्म चलेको सचिवालय बैठकमा दुई कार्यकाल र ७० वर्षे उमेरहद हटाउने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबिच भनाभन भएको थियो । सो क्रममा ओलीले कर्ण थापाको बोली नबोल्न भन्दै पोखरेललाई सचेत गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार