• होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

  • आइतवार, असार ८, २०८२
प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ ।

यस्तै, सांसदहरूले राखेका खर्च कटौती प्रस्तावसमेत पेस हुने छन् । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची समेत रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार