शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाको स्थापना दिवसको अवसरमा बाजुरामा बिरामीलाई फलफूल वितरण

रास्वपाको स्थापना दिवसको अवसरमा बाजुरामा बिरामीलाई फलफूल वितरण

  • शनिबार, असार ७, २०८२
रास्वपाको स्थापना दिवसको अवसरमा बाजुरामा बिरामीलाई फलफूल वितरण

बाजुरा—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजुरामा पनि तेस्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा रास्वपा बाजुरा जिल्ला समितिले बिरामीलाई फलफूल वितरण गरेको हो ।

रास्वपा जिल्ला सभापति नवराज जैशीले पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको बताए । जिल्ला अस्पतालमा फलफूल वितरणसँगै उपचाररत बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै जिल्लामा पनि स्थापना दिवस मनाइएको उनले बताए ।

पार्टी स्थापना दिवसको अवसरमा आयोजित फलफूल वितरण कार्यक्रममा रास्वपा जिल्ला सभापति नवराज जैशी, जिल्ला अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादव, सूचना अधिकारी नृपराज गिरी लगायत रास्वपा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार