• होमपेज
  • समाचार
  • धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश

धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश

  • मङ्लबार, असार ३, २०८२
धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबरालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले सोमबार उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

राजावादीहरूले गत चैत १५ गते तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले महामन्त्री राणासहितलाई पक्राउ गरी मुद्दा चलाएको थियो । यसअघि उनी हाजिरी जमानीमा रिहा भए पनि अदालतमा उपस्थित भएका थिएनन् ।

राणा सोमबार जिल्ला अदालतमा हाजिर भएका थिए । उनीसँगै हाजिरी जमानीमा रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने सम्पर्कविहीन छन् ।

चर्चामा

सम्बन्धित समाचार