शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • पूर्व प्रदेश प्रमुख जोशी र सांसद शाहीले गरे आगलागी क्षेत्रको निरीक्षण

पूर्व प्रदेश प्रमुख जोशी र सांसद शाहीले गरे आगलागी क्षेत्रको निरीक्षण

  • आइतवार, जेष्ठ २६, २०८२
पूर्व प्रदेश प्रमुख जोशी र सांसद शाहीले गरे आगलागी क्षेत्रको निरीक्षण

बाजुरा—सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशी र प्रदेश सांसद पदम बहादुर शाहीले आगलागीबाट ध्वस्त भएको बाम्का बजारको निरीक्षण गरेका छन् । आइतवार जोशी र शाहीसँगै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रनसिंह बहादुर ऐडीले गृह जिल्लामा पुगेर स्थलगत निरीक्षण गरेका हुन् ।

उनीहरुले शुक्रवार दिउँसो भीषण आगलागी भएर ध्वस्त भएको बाम्का बजारमै पुगेर घटनाको जानकारी समेत लिएका छन् । सो क्षेत्रको निरीक्षणपछि आगलागीबाट पीडितहरुलाई भेटेर तत्काल राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायमा पहल गरी रहेको प्रतिक्रिया दिए ।

आजै सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आगलागी पीडितका लागि राहत स्वरुप ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ । त्यस्तै पीडितहरुका लागि जिल्लाका बुढीगंगा, त्रिवेणी, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन् ।

शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हँुदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको छ । त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य भइरहेको छ भने आगलागीबाट १९ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार