
काठमाडौं —नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ। नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए।
चौधरीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेको जानकारी पाएको उनले बताए। उनले दुई पार्टीलाई एकता हुन नदिनका लागि चौधरीलाई पक्राउ गरिएको दुई पार्टीको निष्कर्ष रहेको जिकिर गरे।
उनले अब दूई पार्टीका शीर्ष नेता बसेर आगामी कदमका बारेमा आवश्यक निर्णय लिइने उल्लेख गरे। चौधरीलाई पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका थिए।
