शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान

  • मङ्लबार, बैशाख १६, २०८२
सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान

धनगढी — भारतको विदेश मन्त्रालयको औपचारिक निम्तोमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली आज भारत प्रस्थान गरेको छ । नेपालका मुख्यमन्त्रीलाई भारतले सिधै भ्रमणमा निम्त्याएको सम्भवत पहिलोपटक हो ।

मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक नरेशकुमार शाहीसमेत छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भारत लागेका छन् ।

दिउँसो १२ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नु पहिले मुख्यमन्त्री शाहले आफ्नो भ्रमणले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास लिएको बताए ।

‘भारत सरकारको निम्तोमा हामी आज त्यहाँ जाँदै छौं’, उनले भने, ‘हाम्रो भ्रमणले नेपाल–भारत सम्बन्ध अझै प्रगाड बन्नेछ र देखिएका केही समस्याहरु हाल हुनेछन् ।’

मुख्यमन्त्री शाहले नेपालमै पहिलोपटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा जान लागेको बताए । सुदूरपश्चिम प्रदेशका नागरिक रोजगारीका लागि भारत जाने भएकाले उनीहरुले भोग्ने समस्याका बारेमा पनि आफूले भारत सरकारसँग् छलफल गर्ने मुख्यमन्त्री शाहीको भनाइ छ ।

काठमाडौंबाट हवाईमार्ग भएर दिल्ली जाने मुख्यमन्त्रीको टोलीले दिल्लीमा संघीय मन्त्रीसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्नेछ । उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न स्थानको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

चर्चामा

सम्बन्धित समाचार