आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • देश/प्रदेश
  • केही भूभागमा हल्का वर्षाको सम्भावना

केही भूभागमा हल्का वर्षाको सम्भावना

  • शुक्रबार, बैशाख १२, २०८२
केही भूभागमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा गर्मी बढ्ने सम्भावना छ । तराईका केही भूभागमा तातो हावाको लहर चल्ने महाशाखाको अनुमान छ ।

चर्चामा

सम्बन्धित समाचार