
बाजुरा– सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ नेपाल,सुदुर पश्चिम प्रदेश समितिको दोस्रो अधिवेशनबाट बाजुराका दिर्घराज पाध्याय अध्यक्ष बनेका छन । आइतबार सम्पन्न सम्मेलनबाट पाध्याय अध्यक्ष पदमा निर्वाचित भएका हुन । सुदुर पश्चिम प्रदेशका सम्पुर्ण सामुदायिक बिध्यालय ब्यबस्थापन समितिको संगठनको अधिबेशन कंन्चनपुरमा सम्पन्न भएको छ ।
जसमा बरिष्ठ उपाअध्यक्ष दिपक खत्री,उपाअध्यक्षमा सन्तोश बोहरा र राजु भट्ट रहेका छन । त्यसै गरि महासचिवमा खगेन्द्र हमाल, कोषअध्यक्षमा हेम खड्का र सचिवहरुमा हरकसिहं धामी,हरिनादेबी कामी र राम बहादुर थापा लगायत १९ सदस्यि समिति बनेको अध्यक्ष दिर्घराज पाध्यायले बताएका छन ।
अध्यक्षमा निर्बाचित भएपछि पाध्यायले सामाजिक संजालमार्फत सार्वजनिक शिक्षा, सर्वसुलभ शिक्षा, हरेक नेपाली बालबालिकाको नैसर्गिक अधिकार हो । नेपाल सरकारको नीति, ऐन र विधिमा रहि देश भरी संचालित सामुदायिक बिध्यालयबाट शिक्षा आर्जन गरि मुलुकको एक सवल एवम् सक्षम नागरिक बन्ने हरेक बालबालिकाको अधिकार सुनिश्चितताको लागि वकालत गर्ने छाता संगठनको रूपमा महासंघमा सदैव लागिपर्ने बताएका छन । हाल शिक्षक आन्दोलनका कारण देश भरिका सामुदायिक बिध्यालयहरुमा विद्यार्थी भर्ना अभियान रोकिएको छ । बालबालिकाको शिक्षा आर्जन गर्ने अधिकार अन्योलमा रहेको चिन्ता समेत ब्यक्त गरेका छन ।
