• होमपेज
  • समाचार
  • असिनाले गहुँबाली र तरकारीमा क्षति

असिनाले गहुँबाली र तरकारीमा क्षति

  • आइतवार, चैत्र ३०, २०८१
असिनाले गहुँबाली र तरकारीमा क्षति

वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् । जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्‍याएकाे । बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ ।

अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति भएको सिगास गाउँपालिका– ९ का रामबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट भयो ।’

दोगडाकेदार– ६ सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँबालीका साथै तरकारी समेत नष्ट गरेको बताए । फलफूल, आलु, प्याज, लसुन, खुर्सानी, बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्रले यकिन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार