• होमपेज
  • समाचार
  • ४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान

४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान

  • मङ्लबार, फाल्गुन ६, २०८१
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान

नेपाल प्रहरीका ४८ जना डीएसपीहरुको सरुवा तथा दरबन्दी मिलान गरिएको छ । प्रहरी वृत्त सिंहदरबारबाट केही समयअघि काज सरुवा भएका चक्रबहादुर शाहलाई जिल्ला प्रहरी कार्यालय दाङमा दरबन्दी मिलान गरिएको छ ।

नेपाल प्रहरी अनाश्रित गुल्म सुन्धारामा कार्यरत जीवन निरौलालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा सरुवा गरिएको छ । डीएसपी जेसी शाहलाई पूर्वी नवलपरासीबाट अनश्रित गुल्म सुन्धारा मा ल्याइएको छ ।
यसअघि इप्रका बुटवलका इन्चार्ज विजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय बारा, पश्चिम रुकुममा प्रमेश विष्ट, इलाका प्रहरी कार्यालय कावासोतीमा राजेशराज पुरी र लीलाराज लामिछानेलाई तेह्रथुममा सरुवा गरिएको छ । हुम्लामा शङ्कर पोखरेललाई सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुरज कार्कीलाई सरुवा गरिएको छ । यसअघि काज सरुवा भएका सहित ४८ जना डीएसपीहरुको दरबन्दी मिलान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

12345

चर्चामा

सम्बन्धित समाचार