• होमपेज
  • समाचार
  • रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु

रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु

  • शुक्रबार, माघ ४, २०८१
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु

रुपन्देही– रुपन्देहीमा इँटा उद्योगमा कार्यरत एक भारतीय मजदुरको कुटपिटबाट मृत्यु भएको छ । सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरीलाई सोही उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कृष्णलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार