• होमपेज
  • बडिमालिका
  • भीरबाट लडेर घाइते युवकलाई थप उपचारका लागि धनगढी रेफर

भीरबाट लडेर घाइते युवकलाई थप उपचारका लागि धनगढी रेफर

  • आइतवार, मंसिर ३०, २०८१
भीरबाट लडेर घाइते युवकलाई थप उपचारका लागि धनगढी रेफर

बाजुरा—बाजुरामा भीरबाट लडेर गम्भिर घाइते भएका युवकलाई धनगढी रेफर गरिएको छ । आइतवार बिहान जिल्लाको बडिमालिका नगरपालिका वडा नंम्बर ९ चौराटा बस्ने अन्दाजी ४० बर्षका महाविरे चदारा जंगलमा दाउरा काट्ने क्रममा घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचारत चदारालाई थप उपचारका लागि रेफर गरिएको हो ।

जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले घाइते चदाराको यहाँ उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि बाहिर रेफर गरिएको बताए ।

चदारा बडिमालिका नगरपालिका वडा नं. ८ स्थित कैलाशपुर सामुदायिक वनमा दाउरा काट्ने क्रममा भीरबाट करिब १५० मिटर तल खसेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।

ढम्कने खोलामा चदारा घाइते अवस्थामा रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरीका प्रहरी निरीक्षक जनक बहादुर बोहराको कमाण्डमा ९ जनाको प्रहरी टोली खटिएर स्थानीयहरुको सहयोगमा जिल्ला अस्पतालमा पुगाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार