• होमपेज
  • समाचार
  • तराइमा हुस्सु लाग्ने, हवाइ यातायात प्रभावित हुन सक्ने

तराइमा हुस्सु लाग्ने, हवाइ यातायात प्रभावित हुन सक्ने

  • शुक्रबार, मंसिर २१, २०८१
तराइमा हुस्सु लाग्ने, हवाइ यातायात प्रभावित हुन सक्ने

हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

राती भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार