• होमपेज
  • समाज
  • पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

  • आइतवार, मंसिर २, २०८१
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। उनको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज अपरान्ह निधन भएको हो। उपचारका क्रममा निधन भएको ढुंगानाका भान्जे ज्वाइँ रुद्र शर्माले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार ढुंगाना लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए।

ढुङ्गानाको सोमबार अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी २०४८ सालमा प्रतिनिधिसभाको सभामुख बनेका थिए। आम निर्वाचन २०४८ सालमा काठमाडौंबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगानाले २०४८  असार ९ देखि २०५१ असोज १५ सम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए।  उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार