• होमपेज
  • समाचार
  • मालपोत कार्यालय बैतडी दुई महिना देखि हाकिम बिहीन

मालपोत कार्यालय बैतडी दुई महिना देखि हाकिम बिहीन

  • शनिबार, मंसिर १, २०८१
मालपोत कार्यालय बैतडी दुई महिना देखि हाकिम बिहीन

बैतडी— बैतडी जिल्लाको मालपोत कार्यालय दुई महिना देखि हाकिम बिहीन बनेको छ। दुई महिना अगाडी मालपोत बैतडीका हाकिम नासु अशोक सार्किले सेवा ग्राहिबाट घुस लिंदै गरेको भिडियो सामाजिक संजाल मिडियामा भाइरल भएपछी निज हाकिमलाई कार्वाही गर्न भुमी ब्यवस्थापन तथा अभिलेखमा तानिएका छन । निजको ठाउँमा दुइ महिनादेखी अर्को हाकिम नपठाइएका कारण सेवाग्राही समस्यामा परेका छन ।

सामान्य दर्ता चलानी सम्मको काम उक्त कार्यलयका नासु जगदीश तिवारीले गर्दछन् । तर तिवारीलाई सार्की समान शाखा अधिकृतको अख्तियार प्रत्यायोजन नगरिएएको हुँदा तिवारिले जग्गा दर्ता गर्ने निर्णय गर्न मिल्दैन ।
छुट जग्गा दर्ताको लागि फाइल पेश गरेका बैतडीका सम्पूर्ण सेवाग्राहीहरु मर्कामा परेका छ्न। मालपोत कार्यालयमा हाकिमको अभावमा उत्पन्न समस्याले स्थानीय प्रशासन र मन्त्रालयको कमजोरी औंल्याउँदै सेवाग्राहीहरूले यो विषयलाई यथाशीघ्र समाधान गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार