सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • देश
  • टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

  • बुधबार, कार्तिक १४, २०८१
टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो संस्थाका कर्मचारीहरूबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिएका हुन्।

उनले उपकरण र प्रविधिका लागि कुनै सहयोग परेमा सरकारले गर्ने विश्वास दिँदै प्रतिस्पर्धी भावनाका संस्थाको साख माथि उठाउन आग्रह गरे।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव राधिका अर्यालसमेत सहभागी सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले कर्मचारीबाट जम्मा गरिएको एक करोड २ लाख ७० हजार रुपैयाँको विवरण पत्र हस्तान्तरण गरे।

चर्चामा

सम्बन्धित समाचार