• होमपेज
  • समाचार
  • एन्फाको सिस्नेरी एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन

एन्फाको सिस्नेरी एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन

  • शनिबार, अशोज १२, २०८१
एन्फाको सिस्नेरी एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् । शक्रबार एन्फा एकेडेमीका सुरक्षाकर्मीलाई छलेर भागेका ६ जना विद्यार्थीहरु सम्पर्क विहीन भएका हुन् ।

बिहीबारदेखि परेको वर्षाका कारण शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएका उनीहरु बगाउने डरले सुरक्षाकर्मीलाई छलेर भागेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्क विहीन भएका हुन् ।

कार्यालयकी प्रमुख प्रहरी निरिक्षक ललिता ढकालका अनुुसार एकेडेमीका खेलाडी कुलेखानीको बाढीबाट बच्न भन्दै सुरक्षाकर्मीलाई छलेर भागेको जानकारी आएको बताइन् ।
उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । एन्फा केन्द्रीय सदस्य टिकाराम लामाका अनुसार बेपत्ता हुने विद्यार्थीहरुमा अनुप घलान मकवानपुर, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन् । एन्फाले सिस्नेरीमा गतवर्ष पहिलो पटक एकेडेमी संचालन गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार