शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षा

देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षा

  • शुक्रबार, अशोज ११, २०८१
देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षा

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली भइरहेको छ। कोशी प्रदेशका केही स्थान र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ । आज राती देखि देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज र भोलि शनिबार मुलुकभर वर्षा हुनेछ । सुदूरपश्चिम बाहेक मुलुकको सबैजसो ठाउँहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । बाढी, पहिरो र डुबानको जोखिम धेरै हुनाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेको क्षेत्रमा विशेष ध्यान पुर्‍याउन आग्रहसमेत गरिएको छ । आइतबार बिहानदेखि मौसम पूर्णरुपमा खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार