• होमपेज
  • बडिमालिका
  • अस्पतालको शैयामा छट्पटाउँदै गरेकी बाजुराकी रमिलालाइ आर्थिक सहयाेग जुट्दै

अस्पतालको शैयामा छट्पटाउँदै गरेकी बाजुराकी रमिलालाइ आर्थिक सहयाेग जुट्दै

  • बिहिबार, साउन २४, २०८१
अस्पतालको शैयामा छट्पटाउँदै गरेकी बाजुराकी रमिलालाइ  आर्थिक सहयाेग जुट्दै

बाजुरा —आर्थिक अभावले काठमाडौको वीर अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । रमिला मृगौलाको समस्याले अस्पतालको शैयामा उपचार गराइरहेकी बाजुराको बडिमालिका नगरपालिका ९ की २६ बर्षकी रमिला कुमारी विकलाइ आर्थिक सहयाेग जुटेकाे छ  । बाजुराकाे  गौमुल गाउँपालिका वडा नं ४ मनाकाेट बिजे डुङ्गा घर भइ हाल बिदेशमा ‍रहेका दुइ दाजुभाइले उपचारका लागि आर्थिक सहयाेग गरेका हुन। आर्थिक सहयाेग गर्नेमा एकै परिवारका दाइ भाइ  अस्ट्रेलिया बस्ने दाई बिरेन बहादुर रोकाया र यूके बस्दै  आएका भाइ धिरेन्द्र राेकायाले सयुक्त रुपमा ४० हजार भन्दा बढि रकम सहयाेग गरेकाे उनका आफन्त प्रकाश बिकले बताए ।

२ बर्ष पहिले देखि रमिलालाई एक्कासी समस्या देखिएको थियाे। एकाएक रमिलालाई हात खुट्टा दुख्ने, सुनिने जस्ता समस्या भएपछि उनलाई काठमाडौं स्थित वीर अस्पतालमा पुगाए । रमिलालाई दुई बर्षदेखि कहिले वीर अस्पताल कहिले पाटन अस्पताल उपचार गरे । केही महिना यता भने वीर अस्पतालमा उपचार भइरहेको छ । उनको मृगौलामा समस्या भएको छ । उनको डाइलासिस र अन्य उपचार गनुपर्ने अस्पतालले जनाएको छ ।

रमिलाकाे उपचारका क्रममा सुरुमा बाथरोग देखियो, बाथरोगले बिस्तारै मृगौलामा असर गर्न थालेपछि रमिला दुई बर्षदेखि अस्पतालमा वेडमा रहेकी उनका श्रीमान प्रकाश विकले बताए । घरमा खेतिपाती गरेर छोराछोरीको पालन पोषण, पढाई र घर खर्च चलाइरहेपनि अहिले श्रीमती दुई बर्ष देखि बिरामी भएपछि उपचारसँगै खान बस्न निकै समस्या भएको विकले बताए । प्रकाशले भने एकातिर काठमाडौं जस्तो ठाउँमा सबै महंगोमा किनेर खानुुपर्छ, अर्कोतिर अस्पतालले श्रीमतीको मिर्गौलाको डाइलासिस गर्नुपर्छ भनेको छ, अहिले म निकै समस्यामा भएको वताए । पैसा नहुँदा उनको डाइलासिस तथा अन्य उपचार रोकिएको छ ।

रमिलाको साउन १ गतेदेखि हप्तामा दुई पटक डाईलोसिस भइरहेको छ । एक पटक डाइलासिस गरेको पनि धेरै रुपैयाँ तिर्नुपर्छ, यो त झन अब जीवनभर गरिरहनुपर्छ, साथैमा आफूसँगै छोराछारी पनि भएकाले उपचारमा समस्या भइरहेको प्रकाशले दुखेसो सुनाए । दुई बर्षसम्म आफन्तहरुसँग सहयोग र सापटी मागेर उपचार गर्यौ, औषधी किन्यौ तर अहिले अस्पतालले डाइलासिस गर्नपर्छ भनेपछि आफूहरुको बिचल्ली भएको बताए ।
आफूहरुले स्वास्थ्य बिमा पनि नगरेकाले रमिलाको उपचारमा समस्या भएको भन्दै उनको परिवारले सबैलाई सहयोगका लागि हारगुहार गरिरहेका छन् । प्रकाशको परिवारसँग आय स्रोत केहि नहुँदा काठमाडौंमा खान बस्न र रमिलाको डाइलासिस गर्नुपर्ने हुँदा झन समस्या भएको छ । आर्थिक अभावले रमिलाको उपचार गर्न निकै समस्या भएपछि उनका छोराछोरीको पढाई समेत प्रभावित भएको छ । अहिले रमिलासँगै उनका श्रीमान प्रकाश विक, ११ बर्षिया छोरी र ५ बर्षका छोरा पनि काठमाडौंमै छन् ।

चर्चामा

सम्बन्धित समाचार