काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएको हो । कम्पनीका एक उच्च अधिकारीका अनुसार जहाज काठमाडौंबाट पार हुने क्रममा इन्डिकेटरमा समस्याको संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाडौंमै फर्काउने निर्णय लिइएको हो ।