शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

  • आइतवार, असार २३, २०८१
सेयर गर्नुहोस् :
प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन् ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यक्रम छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–२०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार