• होमपेज
  • बडिमालिका
  • साहस नेपालद्धारा विद्यालय सुधार याेजनाका समिक्षा कार्यक्रमकाे आयाेजना

साहस नेपालद्धारा विद्यालय सुधार याेजनाका समिक्षा कार्यक्रमकाे आयाेजना

  • शुक्रबार, असार ७, २०८१
साहस नेपालद्धारा विद्यालय सुधार याेजनाका समिक्षा कार्यक्रमकाे आयाेजना

बाजुरा– बिद्यालय सुधार याेजना र शैक्षिक गुणस्तर वृद्धिका लागि बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा समिक्षा बारे छलफल गरिएको छ। सहयोगी हातहरुको समुह साहस नेपालको आयोजना र बडिमालिका नगरपालिकाको समन्वयमा समिक्षा कार्यक्रमको आयोजना गरिएको थियो ।
बडिमालिका नगरपालिका लगायत जिल्लाका ३ वटा स्थानिय तहमा शिक्षा क्षेत्र सुधारका लागि  छलफल, अन्तरक्रिया र योजना प्रस्तुत भएको गरिएकाे थियाे । साहस नेपालद्धारा संचालित समाबेशी तथा गुणस्थिरिय शिक्षा परियोजनाद्धारा संचालन गरिएको बडिमालिका नगरपालिकाका वडामा रहेका विद्यालयको अवस्था र संचालन भएका शैक्षिक गतिविधिको बारे शुक्रबार प्रस्तुतीकरण गरिएको साहस नेपालका कार्यक्रम संयोजक दिल बहादुर धामीले बताए ।
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल गाउँपालिकामा साहस नेपालद्धारा संचालित समाबेशी तथा गुणस्थिरिय शिक्षा परियोजना लागु भएको छ । सन २०२१ देखी बिध्यालय सुधार तथा गुणस्थर सुधारमा परियोजनाले बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको साहस नेपालका परियोजनाका कार्यक्रम संयोजक धामीले बताए ।
सामुदायिक विद्यालय संचालनमा रहेका “बिद्यालय सुधार र विकास योजना” निर्माण गरेर गुणस्तर वृद्धिका लागि अघि बढेको र थप पालिकाले पनि यसमा जोड दिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन । धेरै जसो विद्यालयले योजना बनाइसकेकोले थप कार्यहरुमा साहस नेपाल लगायतका संस्थाहरुकाे सहयाेगमा अन्य गतिबिधीहरु स‌चालन गरि अगाडी बढ्ने नगर उप प्रमुख थापाले बताईन ।

समिक्षा बैठकमा सम्बन्धित वडाका नेतृत्वकर्ता बिध्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी लगायतले विद्यालयले आ-आफ्नो वडामा रहेका विद्यालयका शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रमको उदेस्य र बिद्यालय सुधार र शैक्षिक गुणस्तर बारे साहस नेपालका कार्यक्रम संयोजक दिलबहादुर धामीले सहजीकरण गरेका थिए ।

बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापाको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिका वडा ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्याय, बडिमालिका २ का वडा अध्यक्ष डम्मर महत, वडा ५ का वडा अध्यक्ष धरमपाल मिजार, वडा न ८ का वडा अध्यक्ष चन्द थापा लगायत कार्यपालिका सदस्यहरु, पत्रकार लगायतका अथिति रहेका थिए ।  साहस नेपालका प्रतिनिधी उमेश बोहराले संचालन गरेको कार्यक्रममा बिभिन्न बिध्यालयका प्राधानाध्यापक, बिध्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघ पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार