• होमपेज
  • समाचार
  • राष्ट्रियसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

राष्ट्रियसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

  • मङ्लबार, जेष्ठ २२, २०८१
राष्ट्रियसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने कार्यसूची रहेको छ । यस्तै, बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा शोक प्रस्तावको कार्यसूची समेत रहेको छ । अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्वसदस्य खगेन्द्र रेग्मी, संविधानसभाका पूर्वसदस्य सूर्यमान गुरुङ र प्रतिनिधिसभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन् ।

चर्चामा

सम्बन्धित समाचार