मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • राजनीति
  • व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ: बद्री पाण्डे

व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ: बद्री पाण्डे

  • आइतवार, चैत्र ४, २०८०
व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ: बद्री पाण्डे
फाइल तस्विर

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद  पाण्डेले व्यवस्था बलियो बनाउन ठूला दलबीच मेलमिलापको आवश्यकता रहेको बताएका छन्।

नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस र एमाले मेलमिलाप हुनुपर्ने पाण्डेले बताए ।

‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भनेको नयाँ सरकार बनाउनका लागि होइन,’ संघीय संसद भवन परिसरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘देशमा संकट आइरहेको छ, व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन्। व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ।’

उनले कांग्रेस र एमालेको मेलमिलाप सरकार बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए।

चर्चामा

सम्बन्धित समाचार