• होमपेज
  • बाजुरा बिशेष
  • दानसाघुँमा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारसंग बजेट माग

दानसाघुँमा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारसंग बजेट माग

  • शुक्रबार, माघ २६, २०८०
दानसाघुँमा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारसंग बजेट माग

बाजुरा– जडंगामा रहेको बेलिब्रिज बुढिनन्दा नगरपालिकाको दानसाघुँमा सार्ने जनप्रतिनिधिहरुबिच समझदारी भएसंगै त्यसका लागि आवश्यक बजेटका लागि प्रदेशसंग माग गर्ने निणर्य भएको छ । शुक्रवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दानसाघुँमा बेलिब्रिज निमाणर्का लागि सुदूरपश्चिम प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालयलाई अनुरोध गर्ने निणर्य गरेको हो । बैठकले जिल्लामा विपद्का घटना भइरहने तर जिल्ला व्यवस्थापन कोषमा रकम न्यून रहेकाले थप २० लाख रकम निकाशा गर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसंग माग गर्ने निणर्य गरेको छ ।
त्यस्तै हिमाली गाउँपालिकाको पत्र अनुसार हिमाली ३ स्थित नेती खोलामा झुलंगे पुल नुहँदा नागरिक तथा बिद्यार्थीलाई आवतजावतमा समस्या हुने गरेको भन्दै पुल निर्माणका लागि प्रदेश सरकारसंग अनुरोध गर्ने निणर्य गरेको छ ।
त्यसैगरि सो बैठकले कार्तिक १६ गते देखि गएका भुकम्पका पराकम्पका कारण निजी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम माग गर्ने निणर्य भएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रजिअ भिमकान्त पौडेले बताए । त्यस्तै यस बर्षको भुकम्प तथा बाढीका कारण हिमालीको कुवाडी लघु जलविद्युत आयोजनामा क्षति भएर विद्युतसेवा बन्द भएकाले संरचना मर्मत तथा पुनः निर्माणका लागि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसंग माग गर्ने बैठकले निणर्य गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रजिअ भिमकान्त पौडेलको अध्यक्षतामा सुरु भएको बैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापा, एमाले जिल्ला कमिटि सचिव भरत थापा, जिल्ला अस्पताल बाजुरा प्रमुख डाक्टर समिता पुन, कृषि ज्ञान केन्द्र बाजुरा निमित्त प्रमुख मिन प्रसाद जैशी, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार