• होमपेज
  • बाजुरा बिशेष
  • सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

  • बिहिबार, पुस २६, २०८०
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । बाजुरा, बझाङ र अछाम लगायतका जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ । पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरूले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन् ।

सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार