शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आजकाे माैसम : पहाडी भूभागमा आंशिक बदली

आजकाे माैसम : पहाडी भूभागमा आंशिक बदली

  • बिहिबार, पुस २६, २०८०
सेयर गर्नुहोस् :
आजकाे माैसम : पहाडी भूभागमा आंशिक बदली

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा भने हुस्सु लागेको अवस्था छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  राती कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार