शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सेनाले फेर्‍यो द्रुतमार्ग निर्माण आयोजना प्रमुख

सेनाले फेर्‍यो द्रुतमार्ग निर्माण आयोजना प्रमुख

  • मङ्लबार, पुस १०, २०८०
सेयर गर्नुहोस् :
सेनाले फेर्‍यो द्रुतमार्ग निर्माण आयोजना प्रमुख

नेपाली सेनाले काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरेको छ । आज जंगी अड्डाले सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुखमा ल्याएको हो।

सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो। पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्।

चुनौतीपूर्ण फास्ट ट्रयाकको निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ। यो आयोजना २०७४ को सुरुमा नेपाली सेनालाई जिम्मा दिइएको थियो। त्यसअनुसार सेनाले अहिले निर्माणको कामलाई अघि बढाइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार