• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा कारागारमा क्षमताभन्दा दाेब्बर बढी बन्दी

बाजुरा कारागारमा क्षमताभन्दा दाेब्बर बढी बन्दी

कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै

  • शुक्रबार, मंसिर २९, २०८०
बाजुरा कारागारमा क्षमताभन्दा दाेब्बर बढी बन्दी

बाजुरा — बाजुरा जिल्लाको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ । कारागारमा २५ जनाको कैदी क्षमता भएको कारगारमा ६१ जना कैदी राखिएको जिल्ला कारगार बाजुराले जनाएको छ । कैदी राखिएको भवन पनि जीर्ण बन्दै गएकाले मर्मत नहुँदा बास बस्नसमेत अवस्थामा नरहेको कैदीले गुनासो गरेका छन् ।

कैलाली कारागार पछि सबैभन्दा बढी बन्दी कञ्चनपुर कारागारमा छन्। कारागारको क्षमता १२५ जना मात्रै भए पनि ४५६ जना कैदी राखिएको छ। डडेल्धुरा कारागारको क्षमता १२५ जनाको भए पनि हाल १५० जनाले जेल जीवन बिताइरहेका छन्। डोटी, बैतडी, बझाङ र बाजुरा जिल्ला कारागारमा २५ जनाका दरले बन्दी राख्ने क्षमता छ। तर, यी जिल्ला कारागारमा करिब पनि तेब्बर सङ्ख्यामा कैदी राखिएको छ।

२०३६ सालमा निर्माण भएको जिल्ला कारागार बाजुरामा २ वटा पुराना घर छन्। उक्त कारागारकाे जीर्ण भवनमा अटाई नअटाई कैदीबन्दी बसिरहेका छन्। बाजुरा जिल्ला कारागारको भौतिक संरचना हातैले भत्किने किसिमको रहेको जिल्ला कारगार बाजुराले जनाएको छ । माटोको गारोले बनेको कारागार भवन जीर्ण भएकालेे भित्ताको माटो हात लगाउदा खस्ने, टिनको छानो चुहिने र बर्सादमा शौचालय प्रयोगमा समस्या रहेको बताइएकाे छ।

त्यस्तै सुदूरपश्चिमका ९ वटा कारागारको जम्मा ६३२ जना बन्दी राख्ने क्षमता छ। तर, हाल यहाँका कारागारमा १ हजार ७०६ बन्दी छन्। सुदूरपश्चिममा सबैभन्दा बढी १५० जना कैदी राख्ने क्षमता कैलाली जिल्ला कारागारको हो। तर, बुधवारसम्म कैलाली जिल्ला कारागारमा ६९२ जना बन्दी राखिएको छ। बैतडी कारागारमा ७७ जना, बझाङ कारागारमा ७० जना र अछाम कारागारमा ८४ जना कैदी राखिएको छ। कारागारहरूमा क्षमताभन्दा बढी कैदी राखिदा कैदीहरू बिचमै सुरक्षा जोखिम रहेको छ। कारागारको भौतिक संरचना जीर्ण हुँदा आन्तरिक र बाह्य सुरक्षा चुनौती रहेको छ।

क्षमताभन्दा बढी कैदी हुँदा कैलाली कारागारमा बन्दीहरूलाई खाने, बस्ने, सुत्ने, सरसफाइ साथै सुरक्षा जोखिम रहेको कैलाली जिल्ला कारागार प्रमुख पदमराज तिमिल्सिनाले बताए। ‘बुधवार बेलुकाको गन्ती हेर्दा कारागारमा ६९२ जना रहेका छन्। जसमध्ये दुई जना नाबालक, ५६ महिला र बाँकी पुरुष रहेका छन्,’ उनले भने, ‘कारागारमा अत्यधिक चापका कारण खाने, बस्ने, नुहाउने कुरामा समस्या देखिएको छ। जाडोमा पनि बस्न उचित वासस्थान दिन सकिएको छैन।’

  दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार