बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • अर्थतन्त्र सुधारतर्फ अघि बढ्यो : अर्थमन्त्री महत

अर्थतन्त्र सुधारतर्फ अघि बढ्यो : अर्थमन्त्री महत

  • बुधबार, मंसिर २७, २०८०
अर्थतन्त्र सुधारतर्फ अघि बढ्यो : अर्थमन्त्री महत

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारतर्फ अघि बढेको बताएका छन् । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

कोभिड महामारी, रुस-युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि नीतिगत रु मौद्रिक पहल आफूले गरेको मन्त्री महतको दाबी छ ।

‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने, ‘मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’

मन्त्रालयमा पत्रकार सम्मेलन जारी छ ।

चर्चामा

सम्बन्धित समाचार