शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मन्त्री र कर्मचारीसमेत राखेर बालुवाटारमा सुरु भयो सत्ता गठबन्धनको बैठक

मन्त्री र कर्मचारीसमेत राखेर बालुवाटारमा सुरु भयो सत्ता गठबन्धनको बैठक

  • मङ्लबार, मंसिर १९, २०८०
सेयर गर्नुहोस् :
मन्त्री र कर्मचारीसमेत राखेर बालुवाटारमा सुरु भयो सत्ता गठबन्धनको बैठक

काठमाडौँ — सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे बैठकमा छलफल हुदैछ ।

बैठकमा दलका शीर्ष नेताका साथै अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ लगायत विभिन्न विभागीय कर्मचारीहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना भएको समाचार प्रकाशितप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै आएका छन् ।

प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको स्वकीय सचिव रमेश मल्लले बताए ।

‘एनसेलको विषयमा कुनै हालतमा छुट दिन सकिँदैन यो बदमासी हो । यसअघि सुशासनको पक्षमा सरकार कडा रूपमा प्रस्तुत भएको थियो । एनसेलको विषयमा पनि आवश्यक छानबिन गरी बदमासी गर्ने ठगहरूलाई तह लगाइन्छ’, उनको भनाई उदृत गर्दै मल्लले बताए ।

चर्चामा

सम्बन्धित समाचार