बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भ्रष्टाचार गर्नेलाई यहाँ कस्को अडर हुन्छ

भ्रष्टाचार गर्नेलाई यहाँ कस्को अडर हुन्छ

  • शनिबार, मंसिर २, २०८०
भ्रष्टाचार गर्नेलाई यहाँ कस्को अडर हुन्छ

यो देशभित्र न देशभक्तको कदर हुन्छ,
बरू सदन नै देश द्रोहीमा निर्भर हुन्छ।

युवा मारिन्छन् बिदेशमै देश टुक्रा/टुक्रा,
सरकार भित्र बसेकालाई न खबर हुन्छ।

यो प्रकृती पनि किसानको दुश्मन बन्यो,
खडेरी पय्रो अन्न पाक्दा झर/झर हुन्छ।

बेरोजगार युवा लाई कित पार्टीको झोले,
कित हिंजो आज बिदेश पुग्ने रहर हुन्छ।

कृर्षी प्रधान देश र पानीको खानी दोस्रो,
खाद्यान छिमेकले दिन्छ रित्तो बगर हुन्छ।

ताजुब लाग्छ रगत उम्लिन्छ यो लाहुरेको,
भ्रष्टाचार गर्नेलाई यहाँ कस्को अडर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार