शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कबिता : भाेटकाे मूल्य चुकाई सरकार

कबिता : भाेटकाे मूल्य चुकाई सरकार

  • शुक्रबार, मंसिर १, २०८०
कबिता : भाेटकाे मूल्य चुकाई सरकार

दुई लाख पनि के क्षतिपूर्ति दिन्छस सरकार
तीन लाख ले कस्तो घर बल्ला सरकार
घर बनाउने जिम्मा सरकारले ले सरकार
पीडा र घाउमा मलम लगाईदे सरकार ।।

राहत समग्रि र तुरुन्तै अाेत लाग्ने ब्यबस्था गर सरकार
त्रिपाल ले त झन समस्या प‌दा गर्छ जाडाे छ सरकार
न्याना कपडा र सिरक ,कम्मल हरु दे न सरकार
राेएकाे मुटुलाई केही न केही त सान्त्वना देन सरकार ।।

कति राम्रा सपना थिए ती पुरिने हरुका सरकार
बिदेश पढ्न जाने याेजना पनि बनाएका तिए सरकार
कति का त घरबार नै बिहिन भए घाउ पाक्न न दे सरकार
चिरिएको मुटु केही समयकाे लागि भए पनि थामि दे सरकार ।।

पश्चिम रुकुम र जाजरकोट बेहाल भाे त्यहाँ सरकार
भत्किएका घरहरु सबै बनाईदिने वचन बद्दता दे सरकार
देशमा जनताको सरकार छ भन्ने त देखाई सरकार
अापत र बिपत मा भए पनि भाेटकाे मुल्य चुकाई सरकार ।।

चर्चामा

सम्बन्धित समाचार